उधोग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्व चयन हुदै


बिर्तामोड । नेपाल उधोग वाणिज्य महासंघ प्रदेश १ को नयाँ नेतृत्व आज चयन हुदैछ । जसका लागि झापाको बिर्तामोडमा अधिवेशन भइरहेको छ ।

तेस्रो साधारणसभा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले आज विहान उद्घाटन गर्नुभयो । दिउँसो हुने बन्दसत्र र त्यसपछि हुने निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने अधिवेशन संयोजन गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले जानकारी दिनुभयो ।

१५ सदस्यीय प्रदेश समितिका लागि १३ जना निर्वाचनबाट चयन हुने व्यवस्था छ । अध्यक्षले थप २ जना मनोनित गर्न पाउने बताइएको छ । अध्यक्षका लागि मोरङ्गका भीम घिमिरे र झापाका टिकाराज ढकाल प्रतिष्पर्धाको चर्चा छ ।

सबै जसो पद्मा निर्वाचन हुने व्यवसायीहरुले जानकारी दिएका छन् । झापाबाट प्रदेश सदस्यका लागि कुमार भट्टराई, भुपाल कटुवाल र जिल्ला नगर उपाध्यक्षमा कुमारमणी पोखरेलले उम्मेद्वारी दिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

काँकडभिट्टा सुक्खा बन्दरगाह निजी कम्पनीलाई
उखुको मूल्य बढाउन किसानको माग
इलाममा आलु बीउको हाहाकार
संकटमा पर्दै विश्वकै गुणस्तरिय काश्मिरी केशर