प्रधानमन्त्री ओलीको गृहजिल्लामा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन


प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापामा दाहाल–नेपाल समूहले शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा झापाले प्रदर्शन गरेको हो ।

विरोध सभामा बोल्दैै पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गर्ने कुनै अधिकार नभएको बताएका छन् ।

उनले ओलीका कार्यकर्तालाई ओलीलाई धेर नउकास्न आग्रह गर्दै धारा ४४ अनुसार बहुमतको आधारमा पार्टीको झण्डा, चुनाब चिन्ह र आधिकारिकता हुने प्रष्ट भएको बताएका छन् ।

ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको भन्दै नेकपा दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरुद्धमा शक्ति प्रदर्शन गरेको हो ।

विरोधसभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध नाराबाजी गर्दै दाहाल–नेपाल समूहका नेता कार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् ओली : माधव कुमार नेपाल
प्रदेश १ मा नेकपाको रमिता : सभामुखको मौनतादेखि कुर्सी वेल्डिङसम्म
प्रचण्डरुपी मुङ्रो प्रयोग गरेर माधव नेपालले पार्टी फुटाए : ईश्वर पोखरेल
उदयपुरमा ओली समूह कमजोर