झापामा जंगली हात्तीको आक्रमणबाट एक घाइते


झापा । बुद्धशान्ति गाउँपालिका–३ का निलकण्ठ पौडेल जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् । घरमा राखेको अन्न खाएको हात्तीलाई विहीबार राति धपाउन खोज्दा उनलाई सुँढले लछारपछार पारेर घाइते बनाएको हो । ५० बर्षीय पौडेलको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

हात्तीले घाइते बनाएका उनको करङ र तिख्राको जोर्नीमा रहेको गेडी खुस्किएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।दैनिक आउने जंगली हात्तीका कारण स्थानीयबासी त्रसित बनेको हात्ती मानव द्वन्द्व न्यनिकरण समितिका सचिव सीताराम बास्तोलाले बताए । हात्ती गाउँमा पसेर दुःख दिएको थाहा पाए लगत्तै डिभिजन वन कार्यालयको टोली आदर्श नमूना सामुदायिक वनको कार्यालयमा बसे तापनि उनीहरुसँग सवारी नहुँदा समस्या भइरहेको उनले बताए ।

दिनभरि गाउँ नजिकै रहेको सो वन क्षेत्रभित्र बस्ने र साँझ पर्ने वित्तिकै गाउँपसेर किसानले घरभित्र थन्क्याएको अन्न समेत खाइदिने हुँदा उनीहरुलाई ज्यान बचाउन समस्या भइरहेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापाका ४५ हजारले लगाए कोरोनाविरुद्धको खोप
सुनसरीमा कार्यरत प्रहरी हवल्दार घुस लिएको आरोपमा पक्राउ
भन्सार छली गरेर ल्याइएका १ लाख ६२ हजारको कपडा बरामद
झापामा थपिए २३ कोरोना संक्रमित