देशभर २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


काठमाडौँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६१  हजार १९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ४८ हेको छ ।

थप ७४८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार १९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप ८  कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप ८  कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७०२ पुगेको छ।

यस्तो छ मन्त्रालयको तथ्यांक


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२४ घण्टामा ४४५ कोरोना संक्रमित थपिए, ५ को मृत्यु
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
घट्दै कोरोना सङ्क्रमण : बढ्दै निको हुने दर
विश्वभर ५ करोडभन्दा बढीले जिते कोरोना भाइरसको संक्रमण