साहित्यकार ढुङ्गेलको ‘देश र आमा’ विमोचन


झापा । साहित्यकार, गीतकार तथा मोडल भगवती ढुङ्गेलको चौथो कृति कविता तथा गीति सङ्ग्रह ‘देश र आमा’ झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमका बिच विमोचन गरिएको छ ।
मातृ कला साहित्य आश्रम मेचीनगरको आयोजना तथा सरगम संगीतालय बिर्तामोडको सह आयोजनामा भएको कार्यक्रममा उक्त कृतिको विमोचन गरिएको हो ।
मातृ कला साहित्य आश्रम मेचीनगरका अध्यक्ष मातृकाप्रसाद सङ्ग्रौलाको अध्यक्षता तथा प्रा।डा। टङ्क न्यौपानेको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सरगम संगीतालय बिर्तामोडका प्रवन्धनिर्देशक दीपक रायमाझीले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रा।डा। टङ्क न्यौपाने , प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकारहरू कोमल प्रसाद पोखरेल , पुण्यप्रसाद खरेल , राजेन्द्र सङ्ग्रौला , देवीभक्त श्रेष्ठ , शिव शंकर थापा , प्रेमप्रकाश फलाहारी, देवी संग्रौलालगायतले कविता तथा गीति सङ्ग्रह देश र आमाको विमोचन गरेका थिए ।
कार्यक्रममा साहित्यकार , गीतकार तथा मोडल भगवती ढुङ्गेलले आफ्नो चौथो कृतिको रुपमा कविता तथा गीति सङ्ग्रह देश र आमाको विमोचन गरिएको बताइन् । उनले कविता तथा गीतको माध्यमबाट देश र आमाको महत्त्व दर्साएको बताइन् ।
कार्यक्रममा देवी सङ्ग्रौलाले पुस्तकको समीक्षा गरेका थिए भने प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराईले साहित्यकार , गीतकार तथा मोडल भगवती ढुङ्गेलले साहित्यिक कृति प्रकाशन गरेर साहित्यको क्षेत्रमा एउटा इँटा थपेको बताइन् ।
कार्यक्रममा साहित्यकार विनोद खनाल , विद्या निर्दोषी , अम्बिका घिमिरे ,युवा वैज्ञानिक शिवराज लिम्बु , चर्चित लोकदोहोरी गायिका कल्पना दाहाल , नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक अच्युत दाहाललाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा मिर्गौला पीडित वरिष्ठ वाद्य वादक फूर्वा योञ्जनलाई स्थानीय रामप्रसाद मैनालीले दश हजार रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम साहित्य चौतारी झापाका संस्थापक/संरक्षक देवीभक्त श्रेष्ठ , संस्थापक अध्यक्ष शिव शंकर थापा, सरगम संगीतालय बिर्तामोडका प्रबन्ध निर्देशक दीपक रायमाझीलाई हस्तान्तरण गरिएको थियो ।
सोही कार्यक्रममा काँठ क्षेत्रका दोहोरी गीतमा चर्चित लोक गायिका कल्पना दाहालले नेपाल लोकदोहोरी प्रतिष्ठान झापाका अध्यक्ष तथा लोकदोहोरी गायक अच्युत दाहालसँग पूर्वेली भाकाको लोकदोहोरी गाएको मोडल जनक खड्काले बताए । त्यस्तै सरगम संगीतालय बिर्तामोडका कलाकारहरू कृपा पौडेल , अनुजा कडरिया , श्रद्धा प्रसाईँले गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला र मदन आश्रित चुडालले गरेका थिए । बिर्तामोड –१ निवासी साहित्यकार , गीतकार तथा मोडल भगवती ढुङ्गेलका उपन्यासहरू ‘आधा सत्य’ ‘प्रेमिल’ ‘प्रेम कुण्ड’ र ‘मधुशाला बन्यो’ र ‘हाँसौँ कसरी’ ‘न पिऊँ त’ बोलको गीत र म्युजिक भिडियो समेत सार्वजनिक भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

शुक्रबारबाट झापामा ‘खतरनाक क्यारेङग्याङ’ सुटिङ हुने
बिर्तामोडमा ‘डान्स ब्याटल’ हुने
नगरले ‘सपिङ्ग कम्प्लेक्स’ निर्माण गर्ने भएपछि सुकुम्बासी चिन्तित
सिद्धार्थ बैकको वार्षिकोत्सवमा रक्तदान