रमेश प्रसाईँलाई झापामा नागरिक अभिनन्दन


झापा । पब्लिक स्पिकर रमेश प्रसाईँलाई झापाको बिर्तामोडमा नागरिक अभिनन्दन गरिएको छ । झापाको बिर्तामोड–१ देवीपञ्चकन्याउत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटकघरमा आयोजितकार्यक्रममाक्षितिज नाट्य समूह झापाको अगुवाइमा झापालीकलाकारहरुको तर्फबाट पब्लिक स्पिकर प्रसाईँलाई नागरिक अभिनन्दन गरिएको हो ।

झापा नाटक घर निर्माण व्यवस्थापन समितिका संयोजक ज्ञानुराम प्रसाईँको अध्यक्षता तथा प्रदेश सांसद जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निर्माण व्यवस्थापन समितिका सहसंयोजक कुमार भट्टराईले स्वागत गरेका थिए । क्षितिज सङ्गीत साधना प्रतिष्ठान झापाका कलाकारहरुले स्वागत गीत प्रस्तुत गरेको कार्यक्रममा प्रमुखअतिथि प्रदेश सांसद गजमेरले दान पेटीकामा एक हजार एक रुपैयाँ हालेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा क्षितिज नाट्य समूह झापाको अगुवाइमा तीन दर्जनभन्दा बढी सामाजिक सङ्घसंस्थाले पब्लिक स्पिकर प्रसाईँलाई कदर पत्र, नेपाली टोपी, खादा, दोसल्ला र नगद प्रदान गरेर अभिनन्दन गरेका थिए । कार्यक्रमअघि पब्लिक स्पिकर प्रसाईँलाई नौमतीवाला, च्याब्रुङ बाजागाजासहित नेवारी, लिम्बु, सन्थाल, राजवंशी, तमु लगायतका विभिन्न परम्परागत सांस्कृतिक भेसभुसामा सजिएका झापालीहरुले स्वकटिङ गरी झापा नाटक घरमा भित्र्याएका थिए । झापाका प्रसाईँले वक्तृत्वको माध्यमद्वारा समाज रूपान्तरणमा पुर्‍याएको योगदानको कदर गर्दै नागरिक अभिनन्दन गरिएको बताइएको छ ।

कार्यक्रममापब्लिक स्पिकर प्रसाईँले क्षितिज नाट्य समूहले अगुवाइ गरेर सरकारले समेत बनाउन नसकेको झापाको बिर्तामोड–१ देवीपञ्चकन्याउत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसाँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माण गरेको भन्दै प्रशंसा गरेका थिए । झापा नाटक घरलाई देशकै नमुना नाटक घर बनाउन आफू लागी पर्ने बताउँदै उनले यसमा सहयोग गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा बहुभाषी, बहु जाती, बहु सांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि राजकुमार पोखरेल , ज्ञानुराम प्रसाईँ, कुमार भट्टराई, गोपीकृष्ण प्रसाईँ, प्रकाश शिवाकोटी, प्रशान्त भण्डारी, मीनप्रकाश मैनाली, पार्वता खरेल विमली, गजेन्द्रबहादुर पौडेल, डिल्लीराम सिटौला, मदन रसाइली, सुजना खतिवडाले एक धुर क्षेत्रफलको जग्गा बरावरको रकम एक लाख एक हजारको चेक प्रदान गरेका थिए ।

त्यस्तै अग्निप्रसाद पाण्डे, भीम राई, कमलसरी राजवंशी, युवराज पाठक लगायतले ५१ हजार रुपैयाँ बराबरको चेक प्रदान गरेका थिए भने ८३ वर्षीया मनमाया पाठकले एक व्यक्ति एक इँटा समर्पण अभियानअन्तर्गत एउटा इँटा प्रदान गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

के हो यौन लत ? यसबाट कसरी पाउने छुटकारा ?
आज तिहारको चौथो दिन गाई र गोरूकाे पूजा गरिँदै
आज महानवमी : दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै, हनुमानढाेकामा बलि नहुने
बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो