सिद्धार्थ बैकको वार्षिकोत्सवमा रक्तदान
बिर्तामोड । सिद्धार्थ बैक लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सिद्धार्थ बैक लिमिटेड बिर्तामोड शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा शुक्रबार बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
झापामा भइरहेको रगतको अभाव कम गर्न वैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको सिद्धार्थ बैक लिमिटेड बिर्तामोड शाखाका प्रमुख हरिप्रसाद लामिछानेले जानकारी दिए ।
बिर्तामोडस्थित दुर्गामन्दिर परिसरमा भएको कार्यक्रममा ५५ जनाले रक्तदान गरेको सिद्धार्थ बैक लिमिटेड बिर्तामोड शाखाका सम्पर्क अधिकृत घनेन्द्र गुरुङले जानकारी दिए ।
कार्यक्रममा सहभागि रक्तदाताहरुलाई सिद्धार्थ बैक लिमिटेड उप प्रदेश कार्यालय प्रमुख सुवास श्रेष्ठले प्रमाण पत्र प्रदान गरेको सिद्धार्थ बैक लिमिटेड बिर्तामोड शाखाका ऋण अधिकृत सुरेश पाठकले जानकारी दिए ।