एन्फाले झापा सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्दै


झापा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले झापा सहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने भएको छ । एन्फाको बिहीबार वसेको वैठकले (इलाम, धनुसा, कैलाली, गोरखा, बाँके, मकावानपुर, वर्दिया, नुवाकोट, उदयपुर, झापा, सिन्दुपाल्चोक) मा प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको हो ।

प्रशिक्षण केन्द्र स्थापनाको लागि एन्फाले स्थानीय सरकारसँग साझेदारी गरेको छ । स्थानीय सरकारको ५० प्रतिसत र एन्फाको ५० प्रतिसत लगानीमा प्रशिक्षण केन्द्र बन्न लागेको हो । एन्फाले फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्न ५० हजार डलरभने तत्लाकाल हस्तान्तरणा गर्ने छ ।

करफोकमा यस अघि पनि एन्फाले ग्रास रुड कार्यक्रमको लागि मैदान स्तरोन्तीको लागि १० लाख खर्च गरी सकेको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले वताए ।

एन्फाले यसरी ११ स्थानामा फुटबल प्रशिक्षण केन्द्रमा लगानी गरेर केन्द्र स्थापना भए पछि नेपालको फुटबलमा खेलाडी उत्पादमा भने ठूलो टेवा पुग्ने आशा गरीएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पहिलो पटक महिला लिगमा अफ्रिकन खेलाडी
झापा स्पोर्टस अवार्ड फागुन २८ मा
शल्यक्रिया गर्न विमल र विक्रम भोलि कतार जाने
साफ फुटबल बंगलादेशमा हुने