२४ घण्टामा १२१७ काेराेना सङ्क्रमित थपिए, १०६४ जना डिस्चार्ज


काठमाण्डाै । नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेकाे छ । बिहीबार थप एक हजार दुई सय १७ जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

त्यस्तै गएकाे २४ घण्टामा एक हजार ६४ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख ३१ हजार ६ सय एक पुगेको छ ।  

अब नेपालमा १२ हजार तीन सय ८६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच सय १५ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप १२ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार ६ सय ६३ पुगेकाे छ ।    


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२४ घण्टामा ४४५ कोरोना संक्रमित थपिए, ५ को मृत्यु
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
देशभर २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)
घट्दै कोरोना सङ्क्रमण : बढ्दै निको हुने दर