नेकपाभित्रको विवाद सचिवालयले किनारा नलगाए स्थायी कमिटीले निर्मम निर्णय लिन्छ : मन्त्री भट्टराई


झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र जारी विवाद सचिवालय बैठकले किनारा लगाउन नसके स्थायी कमिटी बैठकले निर्मम निर्णय गर्ने बताउनुभएको छ । नेकपा फुटेको खण्डमा देशको भाग्य नै फुट्ने दाबी गर्दै मन्त्री भट्टराईले अध्यक्षद्वयले पाटी व्यवस्थापन गरेर लैजानेमा भने विश्वास व्यक्त गर्नुभयो ।

झापाको बिर्तामोडमा शनिबार सिद्धार्थ होटल ग्रान्ड सिटीको उद्घाटन कार्यक्रममा नेकपा स्थायी समिति सदस्य समेत रहनुभएका मन्त्री भट्टराईले सबै कुरा नमिलाई हतारमा पार्टी एकता गर्दा अहिलेको नकारात्मक परिणाम आएको बताउनुभयो । उहाँले सतारुढ नेकपा फुट्दा पार्टी र नेता मात्र नफुटेर देशको भाग्यसमेत फुट्ने चिन्ता भन्दै नेकपा फुट्नेवित्तिकै चरमपन्थी, अतिवादी र उग्रवामपन्थीहरु सल्बलाउने धारणा राख्नुभयो । ‘यदि नेकपा तलमाथि भयो भने संविधान च्यात्नेहरुको हौसला बढ्छ’ उहाँले भन्नुभयो, ‘पहाडे– मधिशे, पूर्व–पश्चिमको आगो बल्न सक्छ र देशमा अराजकताको खतरा हुनसक्छ ।’

यो संकटलाई नेकपाले पार लगाउँदै त्यसपछि तिव्रगतिमा अगाडी बढ्ने बिश्वास उहाँको थियो । राजतन्त्रको नारा अगाडि सारेका राजावादीहरुलाई मरिसकेको भुतप्रेत र पिचासको संज्ञा दिदै नेकपा राष्ट्रिय एकताको पार्टी भएकाले त्यस्ता अतिवादी शक्तिलाई आउन नदिन मन्त्री भट्टराईले सचेत गराउनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रचण्ड र मलाई जेल हाल्ने योजनामा छन् ओली : माधव कुमार नेपाल
प्रदेश १ मा नेकपाको रमिता : सभामुखको मौनतादेखि कुर्सी वेल्डिङसम्म
प्रचण्डरुपी मुङ्रो प्रयोग गरेर माधव नेपालले पार्टी फुटाए : ईश्वर पोखरेल
उदयपुरमा ओली समूह कमजोर