मंगलबार फेरि बस्नेगरि सकियो नेकपा सचिवालय बैठक
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्नेगरि सकिएको छ ।
मंगलबार दिउँसो १ बजे बैठक बस्नेगरि आजको सचिवालय बैठक सकिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिए ।
आजको बैठकमा ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावको लिखित जवाफ पेश गरेका थिए ।