पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै (फोटोफिचर)


झापा । पछिल्लो समय पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै गएको छ । विशेषतः झापाको समथर जमिनदेखि चुरे क्षेत्र हुँदै पर्यटकीय गन्तव्य इलामका विभिन्न स्थानमा पुग्ने साइक्लिङ यात्रामा युवा पुस्ताको आर्कषण बढेको हो ।

समथर भुभाग भएको झापादेखि पहाडकी रानीका रुपमा चिनिएको पर्यटकीय जिल्ला इलाममा पछिल्लो समय अर्को पर्यटकीय खेल साइक्लिङले प्रवेश पाएको छ । झापा र इलामको चुरेक्षेत्र र इलामका डाँडाकाँडा, गोरेटो र चियाबगानका बाटाहरुमा अब साइक्लिङको मज्जा पनि लिन थालिएको छ ।

विशेष गरेर लकडाउनका समयमा शारिरिक व्यायमका लागि साइक्लिङ गर्ने युवा पुस्ताको संख्यामा वृद्धि भएको हो । त्यससँगै विस्तारै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वमा लगातार विभिन्न व्यक्ति, समुह तथा संस्थाहरुले साइकल यात्राका गतिविधी गर्न थालेका छन् । ‘लकडाउनले गर्दा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन पनि पाएनौँ तर अहिले यतै पूर्वतिर साइक्लिङ गरिरहेका छौँ’ नेपाल अन्र्तराष्ट्रिय साइक्लिष्ट इशा तामाङ्गले भनिन्, ‘जसले गर्दा हामी फिट नै छौँ, यतातिर पनि अहिले साइक्लिङको क्रेज बढिरहेको छ ।’

पूर्वको झापा र इलाममा साहसिक साइकल यात्रा रोमाञ्चक हुने भएकाले पर्यटन प्रबद्र्धनमा यसको सम्भावना राम्रो देखिन्छ । कोरोना महामारीका कारण शुन्य रहेको पर्यटन क्षेमा साइक्लिङले केहि हदसम्म भएपनि गति लिन थालेको प्याक एण्ड पेडलका सञ्चालक तथा पर्यटन व्यवसायी आकाश श्रेष्ठको भनाई छ । ‘हामीले बिगत दुई बर्षदेखी झापा र इलामका रुटहरुको खोजीमा थियौँ’ श्रेष्ठले भने, ‘सुरुवातमा खासै आर्कषण थिएन तर अहिले धेरै बढेको छ, लकडाउनमा शुन्यमा झरेको पर्यटन व्यवसायलाई टेवा पुर्याईरहेको छ ।’

मानवीय स्वास्थ्य र वातवरण प्रदूषण रोक्नलाई साइक्लिङ निकै उपयोगी सिद्ध भइसकेको छ । पछिल्लो समयमा शारीरीक स्वास्थ्यका लागि साइक्लिङ गर्नेहरुको पनि रुची बढ्दै गएको छ । जसका कारण आगामी दिनमा पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने भएकोले साइक्लिङलाई व्यवस्थित गर्न आवश्यक देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापामा छठ पुजा : छतमा कुण्ड, जलाशयमा ब्रतालु न्यून(फोटोफिचर)
खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)
कुलमानको पक्षमा झापामा प्रदर्शन, पुनः नियुक्तिको माग(फोटोसहित)