झापामा ११ वटा अस्पताल बन्दै


झापा । झापाका ११ वटा स्थानीय तहमा १०देखि १५ शय्याका अस्पतालको शिलान्यास हुँदैछ । मंसीर १५ गते भित्र सबै अस्पताल शिलान्यास गरिसकिने कार्यक्रम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५, १० र १५ शय्याको अस्पताल निर्माणको शिलान्यास एकैसाथ गर्न लागेको हो । झापाका १०सहित देशका ३९६ स्थानीय तहका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्दै अस्पताल निर्माणका लागि पत्राचार गरिएको छ  ।

कोभिड–१९को रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगी हुने भएकाले मंसीर १५ गते एकैसाथ शिलान्यास गर्ने व्यवस्था गर्न मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ । देशभरका ३९६ स्थानीय तहको स्वास्थ्य संस्थामा ५,१० र १५ शय्याको अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयबाट बजेट निकासा समेत भइरहेको मन्त्रालय जानकारी दिएको छ ।


यस अनुसार झापाका ५ नगरपालिका र ६ गाउँपालिकामा अस्पताल बन्ने भएको हो । बिर्तामोडस्थित अनारमनी स्वास्थ्य चौकी, गौरादह नगरपालिकाको गौरादह स्वास्थ्य चौकी, कनकाई नगरपालिकाको सुरुङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, मेचीनगर नगरपालिकाको धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शिवसताक्षी नगरपालिकाको शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शय्याको अस्पताल निर्माण हुन लागेका हुन् । त्यस्तै बाह्रदशी गाउँपालिकाको राजगढ स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल निर्माण गरिँदैछ भने बुद्धशान्ति गाउँपालिकाको बुधबारे स्वास्थ्य चौकी, झापा गाउँपालिकाको टाघनडुब्बा स्वास्थ्य चौकीलाई १०÷१० शय्याको अस्पताल बनाइँदैछ ।

यता कमल गाउँपालिकाको तोपगाछी स्वास्थ्य चौकीमा १५ शय्या, गौरीगञ्ज गाउँपालिकाको खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शय्या र हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शय्याको अस्पताल निर्माण हुन लागेको हो । मन्त्रालयले लागत इस्टीमेट तयार गरी थप ३० प्रतिशत बजेट सम्बन्धित पालिकाले व्यहोर्ने व्यवस्था गरेको छ ।
यता हल्दिबारी गाउँपालिकाको गोलधाप स्वास्थ्य चौकीमा १५ शय्याको अस्पताल बनाउनका लागि बजेट विनियोजन भएर आएपनि अस्पताल निर्माणका विषयमा विवाद रहेको छ । हल्दिबारी–१को गोलधापमा रहेको गोलधाप स्वास्थ्य चौकी र जलथल स्वास्थ्य चौकीलाई अस्पताल बनाउने भन्ने विषयमा विवाद छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२४ घण्टामा ४४५ कोरोना संक्रमित थपिए, ५ को मृत्यु
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
देशभर २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)
घट्दै कोरोना सङ्क्रमण : बढ्दै निको हुने दर