झापामा छठ पुजा : छतमा कुण्ड, जलाशयमा ब्रतालु न्यून(फोटोफिचर)


झापा । कोरोना माहामारीका कारण यस वर्ष छठ पर्व घर–आँगनमा मनाइदैछ । नदी तथा खोलाको किनारबाटै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक तथा परम्परागत चलन छ। तर कोरोना माहामारीका कारण यो वर्ष छठ पुजा प्रभावित भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिने क्रममा रहेकोले जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घर–आँगनमा कुण्ड बनाई पूजाआजा गरी मनाउन अनुरोध गरेका थियो । साथै खोला, ताल पोखरी, नदीमा गई स्नान गर्दा संक्रमण फैलिन सक्ने भएको हुँदा नदी, खोला, पोखरी तालमा गई पण्डाल बनाई पूजाआजा गर्ने कार्य नगर्न भन्दै प्रशासनले सूचना जारी समेत गरेको थियो ।

जसका कारण यस वर्ष जिल्लाको मेची, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अदुवा, माई र रतुवा लगायतका नदी तथा खोलाहरूमा ब्रतालु तथा श्रद्धालुको संख्या न्यून देखिएको छ। अघिल्ला वर्षहरू यी नदीमा छठ पूजा धुमधामका साथ मनाउने गरिन्थ्यो । तर, यस वर्ष नदी, खोला तथा पोखरीहरूमा खासै चहलपहल छैन।

सङ्क्रमणका कारण धेरैजसो व्रतालु परिवारजनले घर आगन तथा छतमै खाल्डो तथा कुण्ठ बनाएर छठ पूजा गरिरहेका छन् । न्यून संख्यामा स्थानीय व्रतालु परिवारजन नदी, खोला तथा पोखरीहरुमा भेला भएका छन् । झापामै ठूलो छठ पर्व मनाइने मेची, कन्काई र बिरिङ्गमा पनि यस वर्ष छठको चहलपहल खासै देखिएको छैन ।

यो महापर्वको पहिलो दिन अर्थात चतुर्थी तिथिको दिन नुहाएर चोखो भई खाने (नहाय खाय), पञ्चमी तिथिका दिन खरना, तेस्रो अर्थात षष्ठी तिथिका दिन अस्ताउँदो र चौथो तथा अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ विधिवत समापन गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै (फोटोफिचर)
खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)
कुलमानको पक्षमा झापामा प्रदर्शन, पुनः नियुक्तिको माग(फोटोसहित)