नगर विकासको निम्ति नीतिगत कार्य गर्दैछौ : आचार्य


मेचीनगर , १४ कात्तिक : मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले आफुहरुले छोटो समयम अवधिमा नगर विकासको काम उल्लेख्य गरेको बताएका छन् ।
निर्वाचित भए पछि पहिलो पटक नगर गतिबिधिका बारेमा जानकारी दिने उद्देश्यले मंगबार नगरपालिका कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख आचार्यले भने –“हामिले नगर विकासकालागि काम गरेको छौ , तर हल्ला प्रचार प्रसारकालागि हल्ला गर्नु भन्दा सवैसँगको समन्वयमा अझ धेरै काम अगाडी बढाउनु छ ।”
पत्रकार सम्मेलनमा बोल्दै आचार्यले निर्वाचित भए पछि नगर सञ्चालनकालागि नीतिगत काम धेरै गरेको र त्यसले नगर विकासको सहयोग पु¥याउने बताए । हाल सम्म सातवटा कार्यपालिकाको बैठक बसेको मेचीनगर नगरपालिकाले पाँचवटा महत्वपूर्ण नियमावली र कार्यविधि पास गरेको उनले जनकारी दिए । जसमा निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली, नगर कार्यपालिका कार्यसम्पादन नियमावली, नगर कार्यपालिका कार्य बिभाजन नियमावली, नगर कार्यपालिकाको बैठक सम्बन्धी कार्यबिधि र नगर सभा सञ्चालन कार्यबिधि तयार गरेर कार्यपालिका बैठकले पारित गरिसकेको छ ।
सोहि पत्रकार सम्मेलनमा बोल्दै नगर उपप्रमुख मिना उप्रेतीले नगरपालिकाको समग्र विकासकालागि छ वटा बिषयगत समितिहरु समेत कार्यपालिकाले निर्माण गरिसकेको बताइन् । समिति अन्तर्गत कार्यपालिका सदस्य बिन्दा प्रसाइको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, वडा नं. ४ का वडा अध्यक्ष नविन बरालको संयोजकत्वमा सामाजिक विकास समिति, कार्यपालिका सदस्य कृष्ण कनालको संयोजकत्वमा पुर्वाधार विकास समिति, कार्यपालिका सदस्य कुश्मीकुमारी चौधरीको संयोजकत्वमा विधेयक समिति, वडा नं. १० का अध्यक्ष सुवेशकुमार पनेरुको संयोजकत्वमा आर्थिक विकास समिति र कार्यपालिका सदस्य टिकाराम मगरातीको संयोजकत्वमा वातावरण तथा बिपद व्यवस्थापन समिति गठन गरिसकिएको जानकारी गराइयो हरेक समितिमा सञ्योजक सहित ५ जना सदस्य रहने गरी समिति रहने व्यवस्था गरिएको छ ।
कार्यक्रमका अवसरमा कार्तिक महिना भित्रमा नगर सभा बोलाईने तयारी गरिरहेको जनाकारी गराइएको छ । साथै मेचीनगर नगरपालिकाको चालु आर्थिक बर्षको बजेट एक अर्ब भन्दा बढी हुने नगरका कार्यकारी अधिकृत पुरुशोत्तम सुवेदीले जानकारी दिए ।
नगरपालिकाका तर्फबाट हालसम्म प्यारीभिट्टा बसपार्क सञ्चालन, काँकरभिट्टा बस टर्मिनल सञ्चालन, फोहोर मैला ब्यवस्थापनका लागि मेची खोला किनारमा जग्गा ब्यवस्थापन र चर्पीबाट निस्कने फोहोरको व्यवस्थापन गर्न काम शुरुवात , वडा कार्यालयहरु व्यवस्थापन, बिभिन्न सार्वजनिक महत्वका सुचना नगरबासीसम्म सहज पु¥याउने ब्यवस्थापन, बिपद व्यवस्थापनका लागि संरचना निर्माण र तथ्याङ्क सङ्कलनमा बिशेष काम गरेको नगर प्रमुख आचार्यले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मोरङमा ओली समूहको कार्यक्रम स्थलमा तोडफोड
मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ साउन १४ देखि
लामो दूरीका सार्वजनिक सवारी सञ्चालनको सहजीकरण गर्न गृहको पत्र
सामान्य विवादमा दाइले गरे भाइको हत्या