राष्ट्रपतिले यसपालि दशैँकाे टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने


काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस पटकको दशैँमा टीका लगाइदिनु हुने छैन । कोभिड–१९ सङ्क्रमणका कारण यसपालिको दशैँमा विजया दशमीको दिन राष्ट्रपति भण्डारीले इच्छुकहरुलाई टीका प्रदान नगर्नुहुने भएको हो । 

शुक्रबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्ति निकाल्दै यसको जानकारी दिनुभएको हो । 

साथै भण्डारी यस वर्ष महाष्टमी र कोजाग्रत पूर्णिामाको अवसरमा विभिन्न शक्ति पीठहरुमा सहभागी नहुने जनाइएको छ । 

कोरोना प्रकोपका कारण सरकारले नागरिकहरुलाई यसपालि स्वास्थ्य मापदण्ड अपनाउँदै सावधानीपूर्वक दशैँ मनाउन आग्रह गरेको छ ।

यसैबीच प्रधानमन्त्रीले पनि यस किसिमका कार्यक्रम नराखेकाे जानकारी दिनुभएकाे छ ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ : सहसचिवसमेत पक्राउ
चाडबाडमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत रहन गृह मन्त्रालयको निर्देशन
हालसम्म ७६ हजार ९६७ नेपाली स्वदेश फर्किए
सोमबारदेखि पूर्ण क्षमतामा आन्तरिक उडान, ५० प्रतिशत टिकट बुकिङ