प्रदेश १ मा थपिए ४६० कोरोना संक्रमित


विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी मोरंगमा २६२ संक्रमित थपिएका हुन् । त्यस्तै, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ११, संखुवासभामा ४, ते¥हथुममा ३, धनकुटा र खोटाङमा २-२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १-१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहवीमा १-१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उता झापाको विर्तामोड र भद्रपुरमा १०-१०, मेचीनगरमा ८, दमकमा ७, कनकाई, बा¥हदशी, कचनकवल, बुद्धशान्ति, हल्दिबारी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

उदयपुरको कटारीमा १० र स्थानीय तह नखुलेका १, संखुवासभाको मादीमा ४, ते¥हथुमको छथरमा ३, धनकुटामा २, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र साकेलामा १-१ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ४६८ पुगेको छ ।

प्रदेश १ मा आज ४८८ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४७९, जिल्ला अस्पताल धनकुटाबाट ८ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म ७ हजार ११३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ५८५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६० महिला र ३०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ५२ हजार ५९६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोनाका कारण पूर्वगाविस अध्यक्षको मृत्यु
झापामा ११ वटा अस्पताल बन्दै
कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने
बुद्धशान्तिका कोरोना संक्रमितको बिएण्डसीमा मृत्यु