अर्जुनधाराका दुई स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण


झापा । अर्जुनधारामा थप चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अर्जुनधाराका दुई स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण भएको हो ।

संक्रमण पुष्टि भएकामध्ये एक जना ३ वर्षे बालिका पनि रहेकी छन् । यसअघि उनको बुवामा संक्रमण पुष्टि भएको थियो । तीन दिनअघि अर्जुनधारा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा गरिएको स्वाबको रिपोर्ट आएको हो ।

३८ जनाको स्वाब संकलन गरी प्रदेश कोभिड अस्पताल पठाइएको थियो । संक्रमित स्वास्थ्यकर्मी अर्जुनधाराको शनिश्चरे अस्पतालमा कार्यरत दुवै जना २८ र ५० वर्षीय पुरुष हुन् । उनीहरुलाई कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण पनि देखा परेको जनाइएको छ ।

यस्तै, अर्जुनधारा ५ का एक व्यक्तिको रिपोर्ट पुनः पोजेटिभ आएको छ । यसअघि नै पोजेटिभ भएका ५३ वर्षीय पुरुषको पुनः परीक्षण गराउँदा पनि रिपोर्ट पोजेटिभ आएको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

शनिश्चरे अस्पतालमै कार्यररत दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउञ्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

उनका अनुसार आज बिहान बसेको अस्पताल व्यवस्थापन समितिको बैठकले ओपीडी सेवा बन्द गर्ने निर्णय गरे पनि २४ घण्टे इमरजेन्सी सेवा र प्रसुति सेवा भने खुला रहने भएको छ ।

यसैबीच, प्रत्येक महिनाको ६ गते हुने नियमित खोप शनिश्चरे अस्पतालको ठाउँमा आज शनिश्चरे माविमा सञ्चालन गर्ने निर्णय भएको पनि उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गाई काटेको आरोपमा झापाबाट चार पक्राउ
निरजले मनाए बृद्धबृद्धासँग जन्मदिन
कर्मचारीलाई संक्रमण भएपछि झापा गाउँपालिका बन्द
औषधीमा बिरामी ठग्दै शनिश्चरे अस्पतालको रमेश फार्मेसी, बिमा रकम दाबी गर्न बिल एउटा औषधी अर्कै