दशैंमा मासु कति खाने ?


काठमाडौं । दशैं तिहार जस्ता चाडपर्वमा मासु/माछाको खपत बढी हुन्छ । शाकाहारी बाहेकका सबै जसोले मासु खाने गर्छन् । पछिल्लो समय स्वस्थ्यकर मासु/माछाको अभाव हुन थालेको छ । रोगका संक्रमणहरुले सहजै आक्रमण गर्न सक्ने भएकाले बनाउने र खाने तरिकामा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

दसैंमा मासु एकै पटक धेरै खानु पनि राम्रो मानिँदैन । एक छाकमा तीन–चार टुक्रा खाने, कोक, फेन्टा र अन्य जुसभन्दा सफा पानीलाई प्राथमिकता दिन चिकित्सकहरुको सुझाव छ । हरियो तरकारीलाई पनि खानामा समावेश गर्ने र मासुको मात्र भर पर्नु हुँदैन ।

मिर्गौला रोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ । रातो मासुमा स्वास्थ्यका लागि हानिकारक चिल्लो स्याचुरेटेड फ्याट हुन्छ । यसले शरीरमा बोसोको मात्रा बढाउँछ र उक्त बोसो रगतको नशा तथा धमनीमा गएर जम्न सक्छ । यसले गर्दा कोलस्ट्रोल, उच्च रक्तचाप एवं मुटुको रोग लाग्न सक्छ ।

दैनिक माछा/मासु कति खाने ?

–रोतो मासु २ देखि ३ टुक्रा ।
–माछा २ देखि ३ टुक्रा ।
–सेतो मासु बढीमा ५ टुक्रा ।
–अन्डा १ देखि २ वटासम्म ।
–घाम र धूवाँमा सुकाएको मासु नखाने ।
–सामान्य फ्रिजमा राखिएको मासु दुई÷तीन दिन पछि नखाने ।

मासु कसरी खाने ?

–मासुलाई पोलेर भुटेर नखाने ।
–मास उसिनेर खाने ।
–मासुसंगै अन्य सागपात पनि सेवन गर्ने ।
–बोसो भएको मासु नखाने ।
–पशुपन्छीको मुटु कलेजो, मिर्गौला ,आँखा ,रगत नखाने जस्ता अंगहरु को मासु नखाने ।

मासु ग्याँस वा दाउरामा पोल्दा हाइड्रोकार्बन उत्पन्न हुने हुँदा हाइड्रोकार्बनले पेट, आन्द्रा र छालामा क्यान्सर हुने जोखिम हुन्छ । ‘मासुमा गुलियो पदार्थ र प्रोटिन बढी मात्रामा हुने हुँदा सिधैं आगोमा पोल्दा उच्च तापक्रम उत्पन्न भई त्यसले एक्रिल्यामिडिएस उत्पन्न हुन्छ ।

जुन क्यान्सर रोग गराउन सहयोगी हुन्छ त्यसैले मासु पोलेर भुटेर सेवन गर्नु हुँदैन । मासुका साथै अन्य परिकारको सेवनमा सावधानी अपनाउने र अरु समयमा जस्तै चाडबाडमा पनि सन्तुलित भोजन गर्ने हो भने दशैँ स्वस्थकर हुन्छ ।

-डा. युवराज शर्मा–फिजिसियन तथा पेटकलेजो विज्ञ


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोरोनाका कारण पूर्वगाविस अध्यक्षको मृत्यु
झापामा ११ वटा अस्पताल बन्दै
कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने
बुद्धशान्तिका कोरोना संक्रमितको बिएण्डसीमा मृत्यु