सानोमाई नदीमा फलामे पुल


कुमरखोद । झापा गाउँपालिकाको वडा नं २ कुवाडी र वालुवाटारको विचमा रहेको सानो माईनदीमा बुधबार फलामे पुलको विधिवत् रुपमा उद्घाटन भएको छ । फलामे पुलको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले गरेका थिए ।

झापा गाउँपालिकाले आफ्नो आन्तरिक वार्षिक वजेटवाट यो पुलको वजेट छुट्याएको थियो । गाउँपालिकाले यो पुल वनाउनको लागि एक करोड दुईलाख वरावरको रकम छुट्याएता पनि ८५ लाख ८८ हजार तिनसय चौध रुपँैयामा पुलको काम सम्पन्न भएको थियो । पुलको दुवैतिर छेउछाउमा ग्राभेल गर्न र माटोको कामको लागि थप पाँचलाख समेत दिएका थिए । यो फलामे पुलको लम्वाई ३९६ फिट र चौडाई ५ फिट रहेको छ । यो फलामे पुल वनाउन सम्पुर्ण प्राविधिक सहयोग सहारा नेपाल साकोस चारपानेले गरेको थियो ।

यो फलामे पुल वनेपछि झापा गाउँपालिकाको वडा नं २,३,५,र ६ गौरीगंज गाउँपालिकाको वडा नं ३, शिवसतासी नगरपालिकाको वडा नं. ४ र ५ कन्काई नगरपालिकाको दक्षिणी भेगका वासिन्दाहरुलाई आवजजावतमा धेरै नै सहज भएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गाई काटेको आरोपमा झापाबाट चार पक्राउ
निरजले मनाए बृद्धबृद्धासँग जन्मदिन
कर्मचारीलाई संक्रमण भएपछि झापा गाउँपालिका बन्द
औषधीमा बिरामी ठग्दै शनिश्चरे अस्पतालको रमेश फार्मेसी, बिमा रकम दाबी गर्न बिल एउटा औषधी अर्कै