कोरोना संक्रमणबाट बिर्तामोडकी बृद्धाको मृत्यु


बिर्तामोड । कोरोना संक्रमणबाट बिर्तामोडकी एक बृद्धाको मृत्यु भएको छ । बिर्तामोड ४ की ७७ वर्षिया बृद्धाको विराटनगरको नोवेल हस्पिटलमा आज विहान मृत्यु भएको हो ।

कोरोना पुष्टि भएपछि उनलाई केही दिन अघि उपचारका लागि विराटनगर लगिएको थियो । घटनाको पुष्टि गर्दै बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले उनको लाश ल्याउन तयारी भइरहेको जानकारी दिएका छन् ।

योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिर्तामोडमा २ र जिल्लामा १९ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

गाई काटेको आरोपमा झापाबाट चार पक्राउ
निरजले मनाए बृद्धबृद्धासँग जन्मदिन
कर्मचारीलाई संक्रमण भएपछि झापा गाउँपालिका बन्द
औषधीमा बिरामी ठग्दै शनिश्चरे अस्पतालको रमेश फार्मेसी, बिमा रकम दाबी गर्न बिल एउटा औषधी अर्कै