बायोग्याँस जडानमा बिर्तामोड प्रदेश १ कै उत्कृष्ट


बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट बनेको छ ।

नगर क्षेत्रका तीन सय भन्दा बढी लक्षित वर्गको घरमा बायोग्याँस जडान बिर्तामोड नगरपालिका प्रदेश १ कै उत्कृष्ट बनेको हो । नेपाल बायोग्याँस प्रर्वद्धन संघ प्रादेशिक कार्यालय विराटनगरले उत्कृष्ट नगरपालिका घोषणाका साथ आज एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नगरप्रमुख शिवाकोटीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।

‘विश्वमा बढिरहेको ऊर्जा संकटलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले नवीकरणीय उर्जाको क्षेत्रमध्ये घरेलु बायोग्याँस जडानमा उत्कृष्ट कार्य गरी स्वच्छ वातावरण वन विनास, स्वास्थ्य सुधारका निम्ति प्रदेश १ कै उत्कृष्ट नगरको रुपमा कार्यक्रम सञ्चालन गर्नुभएको हुँदा यहाँको अझ सशक्त मनोवल प्रेरित रहोस् भनी उत्तः कार्यको उच्च सम्मानका साथ यो सम्मान पत्र प्रदान गर्दछौँ’ सम्मान पत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अर्जुनधाराका दुई स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण
सानोमाई नदीमा फलामे पुल
द्वन्द्वकालमा समेत नरोकिएको ‘हाउजी’ यसपालि खेलाइएन
कोरोना संक्रमणबाट बिर्तामोडकी बृद्धाको मृत्यु