अर्जुनधारामा फड्के पुलको काठ चोरियो


झापा । अर्जुनधारा १ मा रहेको ठुलो नेते खोलामा बनाइएको काठको फड्के पुलमा लगाइएको काठ चोरी भएको छ । गएराति काठ चोरी भएको बताइएको छ ।

२०७५ साल साउन १७ गते निर्माण भएको फड्के पुलको चौडाइ ७ फिट र लम्बाइ १२० फिट रहेको थियो । उक्त फड्के पुलको दुवै पट्टिको रेलिङमा लगाएको २२० फिट (करिब ९ क्यूफिट) काठ चोरी भएको हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चक्रबहादुर तामाङले बताए ।

उनका अनुसार यसको घटनामा संलग्न व्यक्तिको खोजी गर्न शनिश्चरे प्रहरी चौकी र सशस्त्र प्रहरी टोली, वन कार्यालय र समूहका पदाधिकारी सदस्य लागिपरेका छन् ।

उक्त फड्के पुल हलुवागढ सामुदायिक वन, बरफल्याङ सामुदायिक वन र शान्ति सामुदायिक वनको २९ लाख ९२हजार २३० रूपैयाँको सहयोगमा बनेको हो ।

उक्त पुल निर्माण भएपछि अर्जुनधारा १, २ र रोङ गाउँपालिकाका केही वडाका बासिन्दालाई आउजाउमा सहज बनेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अर्जुनधाराका दुई स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण
सानोमाई नदीमा फलामे पुल
द्वन्द्वकालमा समेत नरोकिएको ‘हाउजी’ यसपालि खेलाइएन
कोरोना संक्रमणबाट बिर्तामोडकी बृद्धाको मृत्यु