बीपी प्रतिष्ठान धरानमा दुई संक्रमितको मृत्यु


सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका–६ का ६८ वर्षीय वृद्ध शुक्रबार बिहान १२:३० बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धलाई असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै प्रतिष्ठानमा उपचाररत दुहवीका ५२ वर्षीय संक्रमित पुरुषको पनि बिहान २ बजेतिर मृत्यु भएको छ । डा.श्रेष्ठका अनुसार मृतकमा मृगौला सम्बन्धी समस्या पनि थियो ।

असोज १२ गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका पुरुषको पीसीआर परीक्षण रिपोर्ट त्यही दिन पोजेटिभ आएको थियो ।

कोराना पुष्टि भएपछि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएका पुरुषको मृत्यु भएको हो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा थपिए ४६० कोरोना संक्रमित
अर्जुनधारा नगरपालिकाका एक अधिकृतसहित ८ जनामा संक्रमण पुष्टि
नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु
दशैंमा मासु कति खाने ?