कात्तिक १ गतेबाट देशभरका धार्मिक तथा साँस्कृतिक क्षेत्र खोल्ने तयारी


ताप्लेजुङ । सरकारले आगामी कात्तिक १ गतेबाट देशभरका धार्मिक शक्तिपीठलाई खुला गर्ने तयारी गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः निश्चित संख्यामा खोल्दै लैजाने सरकारको तयारी रहेको बताए ।

ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा बुधबार गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

मन्त्री भट्टराईले आगामी मन्त्रिपरिषद्को बैठकमा धार्मिक क्षेत्रलाई खुला गर्ने प्रस्ताव लैजाने र पारित भएमा कात्तिकको सुरुदेखि क्रमशः खोल्दै लगिने बताउँदै दसैँ, तिहारजस्ता चाडबाड नजिकिएकाले र लामो समयदेखिको बन्दाबन्दीले धार्मिक तथा साँस्कृतिक पर्यटनको क्षेत्र नै नराम्रोसित प्रभावित भएको अवस्थामा स्वास्थ्य सतर्कतासहित क्रमशः खोल्दै लैजाने स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हेपिएको कृषिमा आकर्षण : वार्षिक ४० लाख रुपैयाँ कमाउने लक्ष्य
कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु, झापाका ४,९७७ जनालाई खोप लगाइने
उर्लाबारीमा बन्चरो प्रहार गरी श्रीमतीको हत्या
खोटाङमा निजी आवास पुनःनिर्माणको काम ७५ प्रतिशत सकियो