प्लाष्टिकको बोरामा लागुऔषध, इनरुवामा दुई पक्राउ


सुनसरी, २१ असाेज । सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ज८प ५९३६ नंको मोटरसाइकलमा रहेका दुवै जनालाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाइछिपाइ ल्याएको डाइलक्स डिसी ८९ बोतल, स्प्रामोप्रोक्सीभन प्लस ७६८ क्याप्सुल र निट्राभेट ४२० ट्याब्लेट बरामद गरिएको नायब उपरीक्षक कार्कीले बताए। लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशङ्करउपर थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

इछिपाइ ल्याएको डाइलक्स डिसी ८९ बोतल, स्प्रामोप्रोक्सीभन प्लस ७६८ क्याप्सुल र निट्राभेट ४२० ट्याब्लेट बरामद गरिएको नायब उपरीक्षक कार्कीले बताए। लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशङ्करउपर थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

माहामारीका बीच इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन विस्तार
झापामा बढ्यो तस्करी, एसएसबीले गर्‍यो ९० बोरा सुपारी बरामद
‘चिकित्सकले समयमै उपचार नगरेपछि’ भद्रपुरमा एक संक्रमितको मृत्यु
जो संक्रमितको घरघरमा भेटिन्छ