मोरङ कारागारका एक बन्दीमा मृत्युपछि कोरोना पुष्टि


बिराटनगर । मोरङ जिल्ला कारागारमा रहेका एक बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इटहरी घर भएका २७ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको कोशी अस्पतालले जनाएको छ ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको हो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालले स्वाब संकलन गरेर परीक्षण गर्दा बिहीबार बिहान पोजेटिभ रिपोर्ट आएको कोशी अस्पतालका प्रवक्ता डा.लक्ष्मीनारायण यादवले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

माहामारीका बीच इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन विस्तार
झापामा बढ्यो तस्करी, एसएसबीले गर्‍यो ९० बोरा सुपारी बरामद
‘चिकित्सकले समयमै उपचार नगरेपछि’ भद्रपुरमा एक संक्रमितको मृत्यु
जो संक्रमितको घरघरमा भेटिन्छ