कोरोना सङ्क्रमणबाट झापामा थप एकको मृत्यु, कनकाईमा छुट्टै चितास्थल


झापा । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उहाँको मृत्यु भएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत हुनुहुन्थ्यो ।

आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उहाँले बताउनुभयो । हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ ।

कनकाई घर भई विदेश र काठमाडौँमा रहेका अरु दुई जनाको समेत कोभिडकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ । त्यहाँ रहेका पाँच वटा चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उहाँले बताउनुभयो । कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा थपिए ४६० कोरोना संक्रमित
अर्जुनधारा नगरपालिकाका एक अधिकृतसहित ८ जनामा संक्रमण पुष्टि
नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु
दशैंमा मासु कति खाने ?