नोबेलमा उपचार पछि फर्किएर घर पुगेका ताप्लेजुङका एक बृद्धमा कोरोना पुष्टि


झापा । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका का ८० वर्षिय वृद्धमा कोरोना संक्रमण देखिएको छ । दमको समस्या देखिए पछि जिल्ला अस्पताल ताप्लेजुङ हुँदै झापाको कन्काई र विराटनगरको नाबेल अस्पतालमा उपचारका क्रममा पुगेका वृद्धमा कोरोना पुष्टि भएको प्रहरीले जनाएको छ । ति बृद्धमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उपचारका लागि नोबेलमा पुगेका वृद्धको सोहि अस्पतालले स्वाब लिएको थियो । स्वाब संकलन गरेर सामान्य उपचार पश्चात असोज ४ गते डिस्चार्ज भएका बृद्ध सोहि दिन नै ताप्लेजुङ फर्किएका थिए । जिल्ला अस्पताल ताप्लेजुङमा १०÷११ दिन सम्म उपचारमा रहेका बृद्धलाई थप उपचारका लागि असोज ३ गते झापाको कन्काईमा लगिएको थियो । कन्काईमा भएको जाँचमा मुटुको समस्या देखिए पछि नोबेलमा पु¥याईएको थियो ।

एम्बुलेन्स मार्फत सदरमुकाम फुङलिङ आएका ति बृद्ध आफ्नी बहिनीकोमा बसेको र भोलीपल्ट असोज ६ गते भाडाको गाडीमा छिरुवा फर्किएको बताईएको छ । सो गाडीमा १३ जना यात्रु चढेको बताईएको छ । १३ मध्ये ४ जना लिङ्खिममा ओर्लिएको स्रोतले बतायो ।

६ जनाको परिवार संगै बसोबास गर्ने बृद्धको फक्ताङलुङ गाउँपालिका– ५ छिरुवामा गेष्ट हाउस समेत रहेको बताईएको छ । कोरोना पुष्टि भएको खबर संगै कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताए ।

ति बृद्धलाई लिनको लागि सदरमुकामबाट गाडी पठाउने तयारी गरेको प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईले जानकारी दिए । यता फुङलिङ स्थित प्राईम बैंकका एक कर्मचारीले समेत आफुलाई कोरोनाको शंका लागि स्वाब संकलन गराएकाले रिपोर्ट नआउन्जेल सम्म उक्त बैंक सिल गरिने डिएसपी श्रेष्ठले जानकारी दिए । उहाँले सबैमा सचेत रहन आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा थपिए ४६० कोरोना संक्रमित
अर्जुनधारा नगरपालिकाका एक अधिकृतसहित ८ जनामा संक्रमण पुष्टि
नेपालमा थप चार जनाको कोरोनाका कारण मृत्यु
माहामारीका बीच इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन विस्तार