करेन्ट लागेर वडाध्यक्षको मृत्यु


सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाँउपालिकामा करेन्ट लागेर वडाध्यक्षको मृत्यु भएको छ। प्रहरीका अनुसार सोलुखुम्बु माप्य दुधकोशी गाँउपालिका– ५ का वडाध्यक्ष ३९ वर्षीय निमराज तामाङको मंगलबार बिहान करेन्ट लागेर मृत्यु भएको हो।

स्थानियबासीका अनुसार बिहान साढे ८ बजे आफ्नै घरमा रड लिएर छतमा गएका वडाध्यक्षलाई रडले अचानक बिजुलीको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो।

करेन्ट लागेर बेहोस भएका वडाध्यक्ष तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचारको क्रममा ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो
राष्ट्रपतिले यसपालि दशैँकाे टीका नलगाइदिने, शक्ति पीठ पनि नजाने
प्रदेश १ मा थपिए ४६० कोरोना संक्रमित
अर्जुनधारा नगरपालिकाका एक अधिकृतसहित ८ जनामा संक्रमण पुष्टि