प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु


विराटनगर । प्रदेश १ मा आज १ सय १९ जना कोरोना संक्रमित थपिएका छन् । थप भएकामध्ये मोरङमा सबैभन्दा बढी १ सय ५ जना छन् भने सुनसरीमा ९ जना रहेका छन् ।

यस्तै, झापामा २, उदयपुर, संखुवासभा र प्रदेश १ बाहिका १-१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ९७ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४३ महिला र ५४ पुरुष छन् ।

मोरंगको कटहरीमा २ महिला र ४ पुरुष, ग्रामथानमा १ महिला र बुढीगंगामा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, सुनसरीको धरानमा ५ महिला र ४ पुरुष, झापाको विर्तामोडमा १ पुरुष, मेचीनगरमा १ महिला, उदयपुरको त्रियुगा र संखुवासभाको चैनपुरमा १-१ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ६ सय ९३ पुगेको छ । प्रदेश १ मा आज १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३-३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ९ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५३ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयले हाल सम्म १ लाख १६ हजार ५५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

३ जना संक्रमितको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका १–१ महिलाको मृत्यु भएको हो । प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

माहामारीका बीच इलाममा ८० किलोमिटर विद्युत प्रशारण लाइन विस्तार
झापामा बढ्यो तस्करी, एसएसबीले गर्‍यो ९० बोरा सुपारी बरामद
‘चिकित्सकले समयमै उपचार नगरेपछि’ भद्रपुरमा एक संक्रमितको मृत्यु
जो संक्रमितको घरघरमा भेटिन्छ