कुलमानको पक्षमा झापामा प्रदर्शन, पुनः नियुक्तिको माग(फोटोसहित)


झापा, असोज ३ । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै झापामा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।

झापाको बिर्तामोडमा घिसिङको पक्षमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले घिसिङको पक्षमा प्लेकार्ड बोकेर बिर्तामोड परिक्रममा गरेका थिए । परिक्रममा पछि मुक्तीचोकमा भेला भएका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई फालेर राजनीतिक नियुक्त हुने खेल भएको भन्दै आक्रोश पोखेका छन् । उनीहरुले ‘हाम्रोलाई हैन राम्रोलाई नियुक्ति गर’ ‘उज्यालो नेपालको नायक कुलमान घिसिङलाई पुनःनियुक्ति गर’ ‘भ्रष्टचारको अन्त्य गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

दैनिक १८ घण्टाको लोडसेडिङ घटाएको, पुराना र रुग्ण आयोजना सम्पन्न गर्दै लगेको, घाटामा रहेको प्राधिकरणलाई चार वर्षमै ११ अर्ब रुपैयाँ नाफामा लगेको लगायतका सफलताका कारण सर्वसाधारणले प्राधिकरणमा फेरि पनि घिसिङलाई नै दोहो¥याउन माग गरेका छन् ।

आफ्नो चारवर्षे कार्यकाल पुरा गरेर घिसिङ गत आइतबार बिदा भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पूर्वमा साइक्लिङप्रतिको आर्कषण बढ्दै (फोटोफिचर)
झापामा छठ पुजा : छतमा कुण्ड, जलाशयमा ब्रतालु न्यून(फोटोफिचर)
खुलेको मौसम, निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल
आयो दशैँ छैन रोनक, सुनसान काँकडभिट्टा नाका(फोटोफिचर)