झापाका ५ सहित प्रदेश १ मा थपिए १४१ संक्रमित


विराटनगर । प्रदेश १ मा आज १ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा बढी मोरङमा १ सय ८ जना संक्रमित थपिए । यस्तै, सुनसरीमा २२ जना छन् ।

यस्तै, झापामा ५, संखुवासभा, पाँचथर, ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिर ३ जना रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ७० जनामा संक्रमण देखिएका छ । संक्रमण देखिएकामा २८ महिला र ४२ जना पुरुष रहेका छन् ।मोरङको कटहरीमा ३ महिला र ११ पुरुष, बुढीगंगामा ६ महिला र ६ पुरुष, सुन्दरहरैचामा २ महिला र १ पुरुष, पथरीशनिश्चरे र जहदामा २–२ पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा १–१ महिला, स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको दुहवीमा ३ महिला र ११ पुरुष, धरानमा ३ महिला र १ पुरुष, इटहरीमा २ पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका १(१ पुरुष छन् । यसैगरी, झापाको दमकमा १ पुरुष, मेचीनगरमा १ महिला, संखुवासभामा १ पुरुष, ताप्लेजुङका १ पुरुष, पाँचथरको फिदिमका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ९६७ पुगेको छ ।प्रदेश १ मा आज ६४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८, वि.जेनरल अस्पताल हरिनगरबाट २३ र होमआईसोलेसनबाट ३ जना डिस्चार्ज भएका छन् । हाल सम्म २ हजार १४२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज १ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको छ ।

परीक्षण भएका मध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा हालसम्म १ लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु
६ यात्रु लिएर ताप्लेजुङ आयो सिता एयर
झापाकी बृद्धासहित कोरोना संक्रमित तीन महिलाको मृत्यु
चन्द्रगढीबाट ६ महिनापछि उड्यो जहाज