कुलमान घिसिङको बिदाईमा प्राधिकरणका कर्मचारी बने भावुक


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीहरुले विदाई गरेका छन् ।

कर्मचारीहरुले मंगलबार (आज) एक कार्यक्रमकाबीच घिसिङलाई विदाई गरेका हुन् । घिसिङको गत आइतबार मात्रै चार वर्षे कार्यकाल सकिएको हो । विदाई कार्यक्रममा बोल्दै घिसिङले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गरेको कारण सफलता पाएको बताउनुभयो ।

त्यस्तै, उहाँले नेतृत्वमा कोही आउन÷जानु सामान्य प्रक्रिया भएको बताउँदै कर्मचारीले रातको १०÷१२ बजेसम्म पनि काम गरेको कारण पनि राम्रो नतिजा आएको बताउनुभयो । घिसिङको विदाईका प्राधिकरणका कर्मचारीहरु भावुक बनेका थिए ।

घिसिङको चार वर्षे कार्यकाल सकिएसँगै प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् ? भन्ने टुंगो लागेको छैन । त्यसोत, घिसिङ दोस्रो कार्यकालका लागि दोहोरिने चर्चा पनि उत्तिकै छ ।

१८ घण्टासम्मको लोडसेडिङ हटाएर ३४ अर्ब घाटामा रहेको प्राधिकरणलाई ५ अर्बको सञ्चित नाफामा लगेका घिसिङलाई दोहो¥याउन विभिन्न क्षेत्रबाट माग भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

करेन्ट लागेर वडाध्यक्षको मृत्यु
१० गतेसम्म देशैभरका नदीमा बहाव बढ्ने, ११ गतेसम्म सतर्कता अपनाउन आग्रह
सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि इलामका २ पक्राउ
प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु