एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १४५९ कोरोना संक्रमित थपिए


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि सोमबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ थियो ।

नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ । पछिल्लो २४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि सोमबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ थियो । मन्त्रालयका अनुसार आज थप ११ जनाको  कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले  ज्यान ग गुमाउनेको संख्या ३७१ पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२४ घण्टामा ४४५ कोरोना संक्रमित थपिए, ५ को मृत्यु
कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन
देशभर २४ घण्टामा ४२६ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)
घट्दै कोरोना सङ्क्रमण : बढ्दै निको हुने दर