झापाको सिमेन्ट कारखानामा आगलागी


झापा । झापाको  हल्दिबारी नगरपालिका-३ ऐनाबारीस्थित कावेली सिमेन्ट ईन्डस्ट्रिज प्रालिको सिमेन्ट कारखानामा आगलागी भएको छ।

आज बिहान परेको चट्याङबाट विद्युत सर्ट भइ आगलागी हुँदा करिब एक करोड ५० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

दमकल र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’
अमिलो उद्योग खोलेर सुर्तीको अवैध कारोबार
झापा कारागारका १३ कैदीबन्दीलाई कैद मिनाहा
अर्जुनधारामा पानको व्यावसायिक खेती सुरु