सुनसरीमा आज थप ३२ जनामा कोरोना संक्रमण


इटहरी । सुनसरीमा आज झुम्का कारागारका १२ जना सहित ३२ जनामा कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय सुनसरीका कोभिड-१९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार धरानमा २ महिला ५ पुरुष सहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिला सहित ९ जना, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

केही दिन अघि उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको क्लोज कनट्र्याक्टमा रहेकाहरू कनट्र्याक्ट ट्रेसिङको क्रममा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १२५५ पुगेको छ ।

अहिले सम्म ५९१ जना डिस्चार्ज भएका छन् भने ७ जनाको मृत्यु भएको छ भने जिल्लामा ६५७ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु
६ यात्रु लिएर ताप्लेजुङ आयो सिता एयर
झापाकी बृद्धासहित कोरोना संक्रमित तीन महिलाको मृत्यु
चन्द्रगढीबाट ६ महिनापछि उड्यो जहाज