झापाको पृथ्वीनगरबाट दश जुवाडे पक्राउ


झापा । आज साँझ झापाको भद्रपुर नगरपालिका २ पृथ्वीनगरबाट १० जुवाडे नगदसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सुवास तामाङको घरबाट उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर ४ का माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनिश लिम्बु, भद्रपुर २ का कर्ण तामाङ, अङ्गराज दंगाल, आराबहादुर तामाङ, भद्रपुर ६ का तुरुल राजवंशी रहेका छन् ।

प्रहरीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसमेत बरामद गरेको छ ।उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’
अमिलो उद्योग खोलेर सुर्तीको अवैध कारोबार
झापा कारागारका १३ कैदीबन्दीलाई कैद मिनाहा
अर्जुनधारामा पानको व्यावसायिक खेती सुरु