बिर्तामोडको भेटेरिनरी पसलबाट लागुऔषध बरामद, सञ्चालक पक्राउ


बिर्तामोड । प्रहरीले झापाको बिर्तामोडको एक भेटेरिनरी पसलबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

बिर्तामोड नगरपालिका–३, बिर्ताबजारस्थित गोपाल एग्रोभेटमा लागुऔषध ब्राउनसुगरको कारोवार हुने गरेको सूचनाका आधारमा शुक्रवार दिउँसो ४ बजे प्रहरीले छापा मारेको थियो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उक्त एग्रोभेटमा छापा मार्दा ब्राउनसुगर जस्तै देखिने २२ ग्राम लिसाइलो पदार्थ प्रतिबन्धित लागुऔषध बरामद गरेको हो ।

बरामद गरेको लागुऔषधसहित एग्रोभेटका सञ्चालक ३० बर्षीय गोपाल गौतमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’
अमिलो उद्योग खोलेर सुर्तीको अवैध कारोबार
झापा कारागारका १३ कैदीबन्दीलाई कैद मिनाहा
अर्जुनधारामा पानको व्यावसायिक खेती सुरु