हल्दिबारीकी क्यान्सर पीडित रिना राईको जीवन बचाई दिन याचना


हल्दिबारी(झापा) । झापाको हल्दिबारी गाउँपालिका वडा नं ५ धनुषाटोलकी क्यान्सर रोगबाट पिडित शिक्षिका रिना राईले आफ्नो जीवन बचाई दिन याचना गरेकी छिन् ।

शिक्षिका समेत रहेकी रिना बिगत दुईबर्ष देखि मृगौलाको समस्या भएपछि उपचारको क्रममा रहँदारहदै गएको फाल्गुन महिनादेखि देब्रे खुट्टामा समस्या देखिएपछि उपचारका क्रममा चिकित्सकले घुडामा क्यान्सर भएको पत्ता लगाएका थिए ।

क्यानसरको उपचार गर्न आर्थिक अभाव न्यून भएपछि जीवन रक्षा गरिदिन उनले सार्वजानिक अपील गरेकी छिन् । राईको जीवन बचाई दिन युवा एकता समाज हल्दिबारीले सहयोग रकम संकलन गर्न थालेको छ । युवा समाजका अध्यक्ष नरेन्द्र कुमार फागोले उपचारका लागि आर्थिक समस्या उत्पन्न भएकाले सबैसमक्ष सहयोगका लागि आग्रह गरेका छन् ।

सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाले सिटिजन बैंकमा खोलिएको खाता नं. ०६३०१०००००११००४१ मा जम्मा गर्न सकिने गरी प्रबन्ध गरिएको अभियानकर्मी युवा समाजका अध्यक्ष फागोले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देशभर थप १ हजार १ सय ५४ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो
बीएण्डसी हस्पिटलका १२ स्वास्थ्यकर्मी कोरोना संक्रमण मुक्त
विश्वभर ३ करोड ९ लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण
एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी १४५९ कोरोना संक्रमित थपिए