भारतमा एकैदिन ६६ हजार ८७३ जना संक्रमित थपिए


काठमाडौं। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ३९ हजार ६९० जना कोरोना भाइरस संक्रमित थपिएका छन्। यो अघिल्लो दिनको तुलनामा केही बढी हो। अघिल्लो दिन दुई लाख ११ हजार ४२९ जना संक्रमित थपिएका थिए।

वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणका कारण विश्वमा पाँच हजार ८२७ जनाले ज्यान गुमाए। अघिल्लो दिनको तुलनामा मृत्युदर पनि बढी हो। अघिल्लो दिन चार हजार ३१० जनाको मृत्यु भएको थियो

हिजो सबैभन्दा धेरै, भारतमा ६६ हजार ८७३ जना संक्रमित थपिएका छन्। यस्तै, अमेरिकामा ३९ हजार १९२, ब्राजिलमा ४६ हजार ९५९, रुसमा चार हजार ६९६, दक्षिण अफ्रिकामा एक हजार ५६७ संक्रमित थपिएका छन्।

यसैगरी, मेक्सिकोमा तीन हजार ५४१, कोलम्बियामा १० हजार ४३२, स्पेनमा दुई हजार ४१५ र चिलीमा एक हजार ४१७ जना संक्रमित थपिएका छन्।

यससँगै विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ। यसमध्ये एक करोड ६५ लाख ९१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख २२ हजार ४९९ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मलेसियाका प्रधानमन्त्री यासिनद्वारा राजीनामा
भारतमा फैलिँदै ‘ब्ल्याक फङ्गस’ राेग, २९ राज्यमा प्रकोप घोषणा निर्देशन
इजरायल र प्यालेस्टाइनबीच युद्धविराम
म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन