सार्वजनिक भयो नीताले स्वर दिएको भजन (भिडियो)


काठमाडौं ।  कलाकार नीता ढुंगानाको स्वरमा रहेको भजन सार्वजनिक गरिएको छ । शनिवार नीताले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गणेश भजन सार्वजनिक गरेकी हुन् ।

भजनमा कलाकार नीता ढुंगानाको स्वर रहेको छ । यो उनले स्वर दिएको पहिलो भजन पनि हो । भजनमा दिनेश न्यौपानको संगीत छ ।

यस्तै भिडियोमा नीतासँगै सुनिल सिटौला, अनिता बजागाईं, अम्सु पोखरेल लगायतलाई देख्न सकिन्छ भने रामजी लामिछानेको निर्देशन र सन्जय लामाको छायांकन रहेको छ ।

गीतबाट नीताले तारिफ पाइरहेकी छिन् । यो भजन सार्वजनिक भएको छोटो समयमा करिब दुई लाखले हेरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अर्जुनधाराको चुरेभावर क्षेत्रमा सकस
इलामेली गायक मिलन बम्जन ल्याए ‘भाग्य लेख्ने मसी’ (भिडियो)
कोपिलाको तीज गीत “मेरै घरमा बसेर दर खाउँला”