कोरोना कहर : भारतमा संक्रमित संख्या ३० लाख नाघ्यो


झापा। कोरोना भाइरसको संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा संक्रमित संख्या ३० लाख नाघेको छ । भारत विश्वमा संक्रमणबाट प्रभावित हुने मुलुकमध्ये तेस्रो नम्बरमा पर्छ ।

एकै दिन७० हजार ६८ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ३० लाख ४३ हजार चार सय ३६ पुगेको हो । कोरोनाका कारण भारतमा हालसम्म ५६ हजार आठ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

२२ लाख ७९ हजार नौ सय जना उपचारपछि निको भएका छन् । सात लाख छ हजार छ सय ९० जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा हालसम्म ५८ लाख ३८ हजार नौ सय ३८ संक्रमित फेला परिसकेका छन् । पछिल्लो २४ घण्टामा ४२ हजार दुई सय एक जना नयाँ बिरामी थपिए ।

कोरोनाका कारण एक लाख ८० हजार एक सय ४३ जनाले ज्यान गुमाइसकेका छन् । ३१ लाख ४४ हजार पाँच सय ३५ जना उपचारपछि कोरोना पराजित गरेर डिस्चार्ज भइसकेका छन् । २५ लाख १४ हजार दुई सय ६० जना उपचाररत रहेकोमा १६ हजार सात सय ७० जनाको स्वास्थ्य अवस्था खराव छ ।

प्रभावित हुने मुलुकमध्ये दोस्रो नम्बरमा रहेको ब्राजिलमा हालसम्म ३५ लाख ८२ हजार छ सय ९८ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ४६ हजार दुई सय १० जना संक्रमित थपिए ।

एक लाख १४ हजार दुई सय ७७ जनाको मृत्यु भइसकेको छ । २७ लाख नौ हजार छ सय ३८ जना उपचारपछि कोरोना जितेर घर फर्किएका छन् । सात लाख ५८ हजार सात सय ८३ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको स्वास्थ्य अवस्था विग्रिएर गएको छ ।

विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ५७ हजार सात सय ४३ पुगेको छ । एकै दिन विश्वमा दुई लाख ४९ हजार तीन सय १७ जना नयाँ संक्रमित थपिए ।

आठ लाख सात हजार छ सय ८० जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वमा पाँच हजार ८० जनाको कोरोनाका कारण मृत्यु भयो ।

एक करोड ५८ लाख ८८ हजार नौ सय ७४ जनाले उपचारपछि कोरोना पराजित गरेका छन् । ६६ लाख ६१ हजार ८९ जना उपचाररत रहेकोमा ६१ हजार आठ सय २९ जनाको अवस्था चिन्ताजनक छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन
मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स