भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो


काठमाडौं । काेरोना भाइरसको संक्रमण फैलने क्रम भारतमा पनि तीब्र बनेको छ । बिहीबार बिहान यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ ।

भारतमा एकैदिन ६९ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ययोसँगै भारतमा संक्रमितको भारतमा कोरोना संक्रमितको संख्या २८ लाख ३५ हजार ८२२ पुगेको हो ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ९८० जनाको मृत्यु भएको छ । ९८० जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ५३ हजार ९९४ पुगेको छ । सरकारी अधिकारीका अनुसार भारतमा कोरोना भाइरस सङ्क्रमितमध्ये २० लाख ९६ हजार ६८ जना निको भएर फर्किएका छन् ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । संक्रमितमध्ये अहिलेसम्म २० लाख ९६ हजार ६८ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ८५ हजार ७६० जनाको उपचार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

म्यान्मारमा सेनाले लियो ४३ बालबालिकाको ज्यान : सेभ द चिल्ड्रेन
मलेसियामा प्रतिमहिना औषत २३ नेपालीको मृत्यु
मलेसियामा अबैधानिक रुपमा बसेका नेपालीलाई स्वदेश फर्कने अवसर
मलेसियाको जोहोर राज्यमा पिएनसीसी को हेल्पडेक्स