यहाँ भित्रको बिचित्रता


-बीरबल खड्का

जनतालाई जनार्दन भन्ने नेता यहाँ,
आफ्नै सत्तामा रमाएका छन् यहाँ ।

चुनाबको नतिजासँगै छुटेका जनता कोरोनाले पिल्सिएका छन यहाँ,
नेता भने आफ्नै पद र शक्तिको मोहमा डुबेका छन् यहाँ ।

कोरोनाको परिक्षण पुर्याएका छन् पहुँचवालको घरमा यहाँ,
जनता छन् औषधी र शैया नभएको अस्पतालमा यहाँ ।

राज्यको नोकरी खाएर दलको राजनीति गरेका छन् यहाँ,
बिपन्नताको नाम बेचेका छन् सम्पन्नतालाई यहाँ ।

चरित्र भित्रको बिचित्रहरुले गिजाईरहेका छन् यहाँ,
शासन भित्रको आफ्नै सुशासन हराएको छ यहाँ ।

असमानता र विभेद मुक्तिको झण्डा गाडेका छन् यहाँ,
क्रान्तिकारी नाराले जनता ,एकोहोरो छन् यहाँ ।,

समानताले स्पर्श नगर्दै, मान्छेका मन टुक्रिएका छन् यहाँ,
आखीर महिला सीट भनेर आफ्नै श्रीमतिमात्र देखेका छन् यहाँ ।

आरक्षणका नाममा आफ्नै परिवारलाई नियुक्ति गरेका छन यहाँ,
पहुँचवालालाई कानुन नलाग्ने, सर्बसाधारण पिल्सिएका छन् यहाँ ।

नागरिक सर्वोच्चताको गाना गाउदै ज्यानमारालाई मुक्ति दिने फैसला सुनिएका छन् यहाँ,
आखिर जनता गन्तव्यमा पुग्ने बाटो छोडिएका यात्री भएका छन् यहाँ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आज महानवमी : दुर्गा भवानीको पूजा-आराधना गरी मनाइँदै, हनुमानढाेकामा बलि नहुने
बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइँदै, राज्यका तर्फबाट दिइने बलि र कालरात्रि पूजा रोकियो
आजको राशिफल : कार्तिक २ गते, आइतबार
आजको राशिफल : असोज २४ गते, शनिबार