प्रदेश १ मा आज अहिलेसम्मकै बढी ९८ जनामा कोरोना पुष्टि


विराटनगर प्रदेश नं. १ मा मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै सवै भन्दा बढी संख्या हो । मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २, इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा मात्र ५० जनामा संक्रमण देखिएको छ । विराटनगरका २१ महिला र २९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको बुढीगंगामा १० पुरुष, बेलबारीमा १ पुरुष, सुनसरीको दुहवीमा २ महिला ५ पुरुष, धरानमा २ महिला २ पुरुष, देवानगञ्जमा ३ पुरुष, हरिनगर र इनरुवामा १–१ पुरुष, सुनसरीको स्थानीय तह नखुलेका १ महिला १ पुरुष , उदयपुरको वेलकामा ४ पुरुष ३ महिला, त्रियुगामा ३ महिला ५ पुरुष, झापाको मेचीनगरमा १ महिला १ पुरुष, इलामको सुर्योदयमा १ र ताप्लेजुङको फुङलिङमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा मंगलबार १ हजार ६ सय ८२ जना पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ३४ महिला ६४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सो मन्त्रालयले जनाएका छ । प्रदेश १ मा संक्रमितको संख्या सवै भन्दा बढी मोरङमा ६ सय ४८ पुगेको छ भने झापामा ४ सय ४ पुुगेको छ ।

यसै गरी सुनसरीमा २ सय २६, धनकुटामा १७ , उदयपुरमा १ सय ६ यसैगरी भोजपुरमा ६ , ताप्लेजुङमा १२ , पांचथरमा ७ , खोटाङमा १३ जना संक्रमित छन् भने सोलुखुम्बुमा ७ तेह्रथुममा ८ संखुवासभामा ५ , ओखलढुङगामा १७ र इलाममा ७६ गरी प्रदेश १ का १४ वटै जिल्लामा संक्रमितको संख्या १ हजार ५ सय ५३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु
६ यात्रु लिएर ताप्लेजुङ आयो सिता एयर
झापाकी बृद्धासहित कोरोना संक्रमित तीन महिलाको मृत्यु
चन्द्रगढीबाट ६ महिनापछि उड्यो जहाज