लकडाउन हटाउने बिर्तामोड नगरपालिकाकाे निर्णय


बिर्तामोड बिर्तामोड नगरपालिकाले लकडाउन खुला गरेको घोषणा गरेको छ । साउन १८ गते राती १२ बजेदेखि लागु गरेको लकडाउन आज राती १२ बजे देखि खुल्ला गर्ने निर्णया गरेको बिर्तामोडका मेयर धु्रव कुमार शिवाकोटीले जानकारी दिए ।

समुदायमा कोरोना संक्रमणको जोखिम बढेको आशंकामा नगरले दोस्रो पटक लकडाउन गरेको थियो । मास स्किृनिङ पछि जोखिमको अध्ययन गरेर लकडाउन खुला गरेको मेयर शिवाकोटीले जानकारी दिए । उनले अझै जोखिम रहेकाले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

मेयर शिवाकोटीले नगरपालिकाले कोरोना संक्रमण जोखिमलाई ख्याल गरेर नागरिकप्रति जिम्मेवार रहेको जानकारी दिएका छन् । उनले नगरलाई सुरक्षित राख्न सबै किसिमका उपाय अपनाइने बताए । सबै नगरवासीलाई अनिवार्य मास्क प्रयोग गरेर मात्रै हिडडुल गर्न अपील गरेका छन् । व्यवसायीलाई उनले अनिवार्य स्वास्थ्य सुरक्षा अपनाउन सूझाव दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’
अमिलो उद्योग खोलेर सुर्तीको अवैध कारोबार
झापा कारागारका १३ कैदीबन्दीलाई कैद मिनाहा
अर्जुनधारामा पानको व्यावसायिक खेती सुरु