इलामेली गायक मिलन बम्जन ल्याए ‘भाग्य लेख्ने मसी’ (भिडियो)
इलाम । इलामेली गायक मिलन बम्जनको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । ‘भाग्य लेख्ने मसी’ बोलको सो गीत केही समय अघि आफ्ना बुवा गुमाएका मिलनले यो गित स्वर्गिय बुवा मन कुमार तामाङ्गलाई समर्पित गरेका छन् ।
इलाम कुटीडाँडाका मिलन लामो समय देखि वैदेशिक रोजगारको क्रममा युएइमा रहेका छन् । देश बाहिर बसेर रहेर पनि संगीतमा साधनारत मिलनको गायन रहेको सो गीतमा मुना बान्तवा राइको सब्द रहेको छ ।
दिबेश राई संगीत तथा एरेञ्ज भरेका गीत पछिल्लो समयका नयाँ पुस्ताले माया पिरतीमा भोग्नु परेको पीडालाई प्रेम कथामा उतारिएको छ । गितकाे म्युजिक भिडियोमा अभिनय मोडल सुरज तामाङ, शोभा थापा र होम रोक्काले गरेका छन् ।
मिरर लाइट प्रोडोक्सनले बजारमा ल्याएको म्युजिक भिडियो दक्षिण कोरियाका विभिन्न क्षेत्रमा छाँयाकन गरिएको छ ।