एकै पटक २२ जना संक्रमित फेला परेपछि मोरङको रंगेली सिल


रंगेली । सोमबार एकै पटक २२ जना कोरोना संक्रमित फेला परेपछि मोरङको रंगेली नगरपालिका क्षेत्र मंगलबार विहानदेखी तिन दिनका लागी सिल गरिएको छ । सो नगरपालिका क्षेत्रको पुुर्वमा मधुुवनी, पश्चिममा चिसांग खोला उत्तरमा वक्राहा खोला तथा दक्षिणमा भन्सार नाका सम्मको क्षेत्र सिल गरिएको नगरपालिकाका प्रमुुख दिलिप वगडियाले जानकारी दिनु भयो ।

एकै पटक धेरै सक्रमित फेला परेपछि रंगेली एरिया सिल गरेर कन्ट्रयाक ट्रेसिङको आधारमा पिसिआर चेक गर्न शुुरु गरिएको प्रमुख वगडियाले बताउनु भयो ।

रंगेली नगरपालिकाको वडा नं. ७ मा २२ जना संक्रमित फेला परेका थिए । जिल्ला अस्पताल रंगेलीका स्वास्थ्य कर्मी तथा विधुुत प्राधिकरणका कर्मचारीमा समेत कोरोना देखिएपछि रंगेलीक्षेत्र सिल गरिएको हो । अन्य वडाहरुमा पनि संक्रमण फैलिन सक्ने भन्दै नगरपालिका क्षेत्र सिल गरिएको प्रमुख वगडियाले जानकारी दिनु भयो । उहाँले पहिले तीन दिन सम्म संक्रमीत ब्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर टेष्ट गर्ने र त्यसको रिपोर्टको आधारमा रंगेली क्षेत्रलाई कसरी अगाडीबडाउने भन्ने बारे छलफल गरेर अघि बड्ने बताउनु भयो ।

यो पहिलो पटक रंगेली बासीमा कोरोना संक्रमण भेटिएको हो । यस अघि भारतबाट आएर क्वारेन्टीनमा बसेका १० जनामा संक्रमण भेटिएको थियो । रंगेली नगरपालिकामा जम्मा ३२ जना संक्रमित भेटिएका छन् भने मंगलबार ३ सय जनाको स्वाब संकलन गरिएको प्रमुख वगडियाले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

असोज दोस्रो सातादेखि ‘रागिनी आइडल सिजन–३’
अमिलो उद्योग खोलेर सुर्तीको अवैध कारोबार
झापा कारागारका १३ कैदीबन्दीलाई कैद मिनाहा
अर्जुनधारामा पानको व्यावसायिक खेती सुरु