अन्तुका होम-स्टे र हाेटलले साउनभरी पाहुना नराख्ने


इलाम । विश्वका लागि चुनौतीका रूपमा देखिएको कोरोना भाइरसको जोखिम बढेपछि श्रीअन्तुमा संचालित होम–स्टेले अब घरमा पाहुना नराख्ने भएका छन्। भिडभाड र नयाँ व्यक्तिको आगमनले कोरोनाको जोखिम हुनसक्ने भन्दै जिल्लाको मुख्य पर्यटकीय क्षेत्र श्रीअन्तुका व्यवसायीले होम–स्टे, कटेज र होटलमा साउनभरी आगन्तुकलाई नराख्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त बनिरहेका बेला अन्तु क्षेत्रमा अझै पर्यटकको चहलपहल भइरहेको छ। यस्तो बेला सबै सजग हुनुपर्ने भएकाले निश्चित समयका लागि आफूहरूले सेवा दिन नसक्ने घोषणा गरेको बताइएको छ । अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आले, वडा नं ५ का वडाध्यक्ष प्रेम तामाङ, एसोसिएसन केन्द्रीय सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष ,सूर्याेदय नगरपालिका ४ र ५ का वडा सदस्यहरु,स्थानीय बुद्धिजिवि ,समाजसेवी , सम्पूर्ण होमस्टे ब्यावसायीहरु तथा अन्य ब्यवसायमा संलग्न स्थानीय बासिहरुको आपस्थितिमा होमस्टे संचालन नगर्ने निर्णय भएको जनाइएको छ ।

निर्णयलाई कार्यान्वयनका लागि सम्बन्धित स्थानिय निकायलाई समेत सहयोगको लागि अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नोबेलमा उपचार पछि फर्किएर घर पुगेका ताप्लेजुङका एक बृद्धमा कोरोना पुष्टि
अविरल वर्षाले झापामा जनजीवन प्रभावित : कतै डुबान, कतै कटान !
प्रदेश १ मा ११९ कोरोना संक्रमित थपिए, तीनको मृत्यु
६ यात्रु लिएर ताप्लेजुङ आयो सिता एयर